पुस २५ शनिबार/रबिन्द्र बराल,माेरङकाे रंगेली कानेपाेखरी सडक स्तर उन्नति भए पछि पहिलोपटक कानेपाेखरी ५ स्थित भाैसावारीमा सवारी दुर्घटना हुदा एक महिलाको घटना स्थलमैै मृत्युु भएको छ । शुक्रबार बेलुकी ५ बजे उत्तर बाट दक्षिण तर्फ आउदै गरेको काे ८ प ७६६३ माेटरसाईक र साेहि दिशा बाट बिधार्थि बाेकेर आउदै गरेको काे १ त ३००९ नम्बरको बालजगत ईङ्लिस बाेडिङ स्कुल रमाइलो काे स्कुल बसले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
माेटरसाईकल काे पछाडि सवार रंगेली नगरपालिका वडा नम्बर ९ स्थित बेलचाेक घर भई वालज्योती स्कुलकी प्रोप्राईटर र दर्वेशा साना किसान सहकारीकी अध्यक्ष समेत रहेकी ४५ बर्षिया गिता भट्टराई( नेपाल ) काे स्कुल बस ले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको हाे । बसले ब्याक गरेर महिला लाई किचेको र घटना स्थलमै मृत्युु भएको स्थानीयले बताए । माेेटरसाईकल चालक ३० वर्षका विकल भट्टराई घाइते भएका छन् । मृतक काे एक छाेेेेरा र एक छाेरी समेत रहेको र मृतकको लास रंगेली अस्पतालमा राखिएको स्थानीयले बताए ।