विदेशी लगानीबाट नेपालमा सञ्चालित कम्पनीहरुले विदेशबाट ऋण ल्याउन सहज


काठमाडौं । विदेशी लगानीमा नेपालमा सञ्चालित कम्पनीहरुलाई विदेशबाट ऋण ल्याउन सहज हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले त्यस्ता कम्पनीहरुले आफ्नै लगानीकर्ताबाट विदेशी मुद्रामा ऋण दिन चाहेमा त्यसलाई सहजीकरण गर्नेगरी विदेशी विनिमयसम्बन्धी निर्देशनलाई संशोधन गरेको हो ।

विदेशी लगानीका त्यस्ता कम्पनीहरुले नेपाली बैंक तथा वित्तीय संस्थाबाट पर्याप्त ऋण नपाएमा वा ऋण पाएर पनि महँगो भएमा त्यसको विस्तृत विवरण खुलाएर ऋण भित्र्याउने प्रस्ताव गरेमा यस्तो ऋण ल्याउने बाटो खुला गर्ने नेपाल राष्ट्र बैंकको संशोधित निर्देशनमा उल्लेख गरिएको छ ।

त्यसरी ल्याउने ऋण भने बैंकिङ च्यानलबाटै आउनुपर्ने व्यवस्था गरिएको छ ।


प्रकाशित मिति : २०७७ पुष २९, बुधबार

धेरै पढिएको

ताजा समाचार