नेपालगंजमा नाडा च्यापटर खुल्यो, अटोमोबाल्स व्यावसायी उत्सायी


माघ ९ गते, सुर्खेत​- मध्य तथा सुदुर पस्चिम नेपालमा यातायात (अटोमोबाईल)का साधन तथा पाटपुर्जा बिक्रिवितरण गर्ने व्यावसायिहरुको साझा संस्था “मध्य तथा सुदुर पस्चिम अटो मोबाईल्स एशोसिएसन​, नेपाल” नामको गैर राजनितिक​, गैर नाफामुलख संस्था नेपालगंजमा खोलिएको छ​। अटोमोबाईलसङ सम्बन्ध राख्ने विभिन्न कम्पनिहरु तथा व्यावसायिहरुको हकहित एवं व्यावासायलाई संरक्षण र प्रबंधन गर्ने मुख्य उद्देश्यका साथ सो एसोसिएसन खोलिएको संस्थाका अध्यक्ष डम्बर शाहुले जानकारी गराए।

राज्यमा ढुवानी तथा सवारी साधनहरुको समुचित विकास र विस्तारका लागि आवश्यक पर्ने सम्पुर्ण पार्टपुर्जा, उपकरण​, अटोमोटिभ इन्जिन र अटोमोबाईलमा प्रयोग हुने सबै प्रकारका वस्तुहरु जस्तै (ब्याट्रि, टायर​, लुब्रिकेन्टस तथा अटोमोबाइल साफ्टवेयर​)को आयात एव उत्पादन सम्बन्धि व्यावसायिक विकास, दक्षता एवं राज्यप्रतिको दायित्वलाई आत्मासाथ गर्दै राष्ट्रिय अर्थतन्त्रमा यथोचित योगदान पु-याउने प्रमुख उद्देश्य एसोसिएसन रहेको छ​​​​। नेपालको मध्य​, पस्चिम र सुदुर पस्चिम नेपालको समेत अटोमोबाइलको हब भ​एको यस क्षेत्र (नेपालगंज)ले पुर्व भालुवाङ देखि घोराही, तुल्सिपुर​, सुर्खेत, जुम्ला, धनगढि र महेन्द्रनगर लगाएतका अटोमोबाइल व्यासायिहरुको एकमुस्ट आवाज बन्न सक्ने संस्थाको विस्वास रहेको कुरा पत्रकार सम्मेलन मार्फत संस्थाले जानकारी गराएको छ​।

एसोसिएसनले एक विज्ञप्ती प्रकाशित गर्दै लेखेको छ​, एशोसिएसनले विशुद्ध व्यासायिक वातावरणको निर्माण गर्नुको सङसंगै अटोमोबाइलसंग सम्बन्धित विभिन्न प्रकारका तालिम​, गोष्टि, सेमिनार तथा अटोप्रदशनिको काम गर्ने छ​। साथै सरकारि तथा गैरसरकारी संघ​-संस्थाहरुसंग आवश्यक सहकार्य एंव समुन्वव गरि अटोमोबाइल मर्मत तथा सर्भिसबाट निस्कने फोहर​-मैलाको उचित व्यवस्थापन र प्रबधन गर्ने कुरामा पनि यस एशोसिएसनले महत्वपुर्ण भुमिका निभाउने छ​। बिभिन्न अटोमोबाइल तथा अटोसर्भिस (वर्कसप​) सेन्टरमा काम गर्ने र न्युन आए भ​एका मजुदर तथा हेल्परका लागि बिमा, सुरक्षा भत्ता लगाएतका कार्यक्रमहरु केहि दिनमै लागु गरिने छ​। र अटोमोबाईल क्षेत्रसंग प्रत्यक्ष सम्बन्ध राख्ने बिभिन्न बैन्क​, बिमा कम्पनिहरु तथा यातायात व्यवस्था विभागसंग हातमा हात मिलाएर सहकार्य गरि सम्पुर्न अटो उधोगलाई नै व्यावसायिक र मर्यादित बनाउने जिम्मा पनि यस एशोसियसनको रहेको छ​।

नेपालगंज मध्य तथा सुदुर पस्चिम नेपालको एक महत्वपुर्ण ब्यापारिक नाक हो। नेपालमा प्रचलनमा रहेका लगभग सबै प्रकारका यातायात तथा सवारी साधनका शो-रुम रहेका छन र जहाँ बाट बिक्रि-वितरण तथा मर्मतको काम हुने गर्दछ । करिब १०० देखि १५० वटा सम्म रहेका अटोमोबाइल्स क्षेत्रका बिभिन्न प्रकारका मर्मत तथा बिक्रिकेन्द्रहरु रहेको ठाँउमा एक दशक एता बाटै अटोमोबाइल्स व्यावसायीहरुको एक साझा संस्था आवस्यक्ता महसुस गरिएको थियो।


प्रकाशित मिति : २०७७ माघ ९, शुक्रबार

धेरै पढिएको

ताजा समाचार