यूवाहरु, ‘कामदार हैन, मालिक बन्नुस’ मुख्यमन्त्री शाही


सुर्खेत – कर्णाली प्रदेशको प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक आयोजना गरिएको बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प सम्पन्न भएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा पाँच दिनसम्म सञ्चालित बिजनेश इन्कुवेसनको समापन कार्याक्रमा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यूवाहरुलाई मालिक बन्ने सपना देख्न आग्रह गरेका छन् ।
समापन शत्रलाई सम्वोदन गर्दै मुख्यमन्त्री शाहीले यूवाहरु को बिषयमा थप्दै भने ‘आज यूवाहरु जगिरको खोजिमा छन्, जागिरकै लागी लोकसेवाका किताबहरु वर्षोसम्मा रट्न तयार छन् । तर, गक्ष अनुसारको उद्यम गर्ने आँट भने कहिल्यै गर्देनन् । मुख्यमन्त्री शाहीले भने, ‘सपना नै कामदार बन्ने देखेपछि मालिक कसरी बन्नु हुन्छ ? तपाईहरु कामदार हैन् मालिक बन्ने सपना देख्नुहोस ।’

यूवा उद्यमीहरुलाई प्रोत्साहित गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै मुख्यमन्त्री शाहीले अव कुनैपनि क्षेत्रमा उद्यम गर्न चाहाने यूवाहरुलाई प्रेदश सरकारले सौलियत रिणको समेत व्यवस्था गरेको बताए ।
‘तपाईहरु उद्यम गर्नुस, रिण प्रदेश सरकारले दिन्छ । सरकारले कृर्षीमा सफ्ट लोनको व्यवस्था गरेको छ, केही दिनमै शुरु हुन्छ । अव, कुनैपनि क्षेत्रमा उद्यम गर्न चाहानेहरुका लागी पनि त्यस्तो व्यवस्था गर्न कानून बनिरहेको छ ।
मुख्यमन्त्री शाहीले बिजनेश इन्कुवेसनमा सहभागी यूवाहरुले कर्णालीको आर्थीक संमृद्धिमा महत्वपुर्ण भूमीका खेल्ने समेत विश्वास व्यक्त गरे ।

 

पाँच दिने तालिमका क्रम्मा विभिन्न समुहमा बाँडिएका यूवाहरुले फरक–फरक व्यवसायीक योजना निर्माण गरेका थिए । उनिहरुले उक्त योजना मुख्यमन्त्री शाही समक्ष प्रस्तुत गरेका छन् ।

उक्त योजना प्रति निकै चासो दिएका मुख्यमन्त्री शाहीले यूवाहरुलाई सो योजना कार्यान्वयन गर्न आग्रह गरे । उनले भने, ‘पाँच दिनमै यतिधेरै गर्न सक्नु भएछ । अव कार्यान्वयनमा जानुस, तपाईहरुलाई सरकारको साथ छ ।’
पाँच दिनसम्म सञ्चालित क्याम्पमा २० जना विभिन्न क्षेत्रकका व्यवसायीक रुचि भएका यूवाहरुको सहभागीता रहेको कर्णाली बेशीन कन्जरवेसनका चिफ अफ फाउण्डनेशन आउटरिच गौरब देबकोटाले जानकारी दिए ।
नयाँ उधमी उत्पादन गर्ने र भइरहेका उधमीलाइ थप सफलतातर्फ उन्मुख बनाइने निर्देशक तिवारीको भनाई छ । त्यस्तै कार्यक्रम्मा बोल्दै संस्थाका निर्देशक आशुतोष तिवारीले तालिमपश्चात पाउण्डेशनले साना तथा लगु उद्यमीलाई लगानीमैत्री वातावरण तयार गर्न सहयोग गर्ने जानकारी दिए ।

प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक उक्त क्याम्पको आयोजना कर्णाली बेशीन कन्जरवेसन फाउण्डनेशन (केविसिएफ) र यूएसएआइडीले संयुक्त रुपमा गरेका हुन ।


प्रकाशित मिति : २०७७ माघ १९, सोमबार

धेरै पढिएको

ताजा समाचार