दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना,


दोलखाको कालिञ्चोक गाउँपालिका ६ लापिलाङबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको छ । रोल्वालिङ यातायातको बा३ख २७८९ नम्बरको बस सुनकोशी गाउँपालिका ७, थुम्पाखरमा मंगलबार मध्यान्हमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी १५ जनाभन्दा बढी घाइते भएका छन । तीव्र गतिमा बस चलाउदा अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। बस सडक छेउमा पल्टिएको छ, भने चालक फरार रहेको यात्रुहरूले बताएका छन् ।

प्रहरी घटनास्थलमा पुगिसकेको छ। बसमा करिब २७ जना यात्रु रहेको बताइएको छ । घटनाको सम्र्पुन विवरण आउन बाँकी छ ।

 


प्रकाशित मिति : २०७७ माघ २०, मंगलवार

धेरै पढिएको

ताजा समाचार