काठमाडौं : बड्दो राजनीतिक अस्थिरता कारण निम्तीयको बन्द हड्ताल लगायतका गतिविधिले मुलुकको अर्थतन्त्रलाइ नकारात्मक असर पार्ने निश्चित भएको भन्दै निजी क्षेत्रले यस्ता गतिविध रोख्न अपिल गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सयुक्त विज्ञप्ती निकाली बन्द, हड्ताल, चक्काजाम लगायतका गतिविधी रोकी मुलुकमा स्थिरता कायम गर्न अपिल गरेका छन् ।
बन्द, हड्ताल तथा चक्काजाम लगायतका गतिविधीले पेशा तथा व्यवसायमा अवरोध आई आय आर्जनमा प्रभाव पार्ने र व्यवसायीलाई थप पीडा दिने उक्त विज्ञप्ती उल्लेख छ ।
बुधबार अपिल प्रकाशित गरि यस्ता गतिविधी रोक्न व्यवसायीले आग्रह गरेका छन् । कोरोना महामारी पछि विस्तारै लयमा फर्किएको अर्थतन्त्रलाई वर्तमान राजनितिक घटनाक्रमले नकारात्मक असर पार्ने र निजी क्षेत्रको काम गर्न पाउने नैसर्गिक अधिकारलाई कुण्ठित गर्न नहुने विज्ञप्ती उल्लेख गरिएको छ ।