‘डब्ल्यूएचओ’ले २२ लाख ५६ हजार डोज खोप नेपाललाई उपलब्ध गराउने


काठमाडौं : विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले नेपाललाई २२ लाख ५६ हजार डोज खोप उपलब्ध गराउने भएको छ । डब्लूएचओको कोभ्याक्स सुविधाअन्तर्गत उक्त खोप नेपालले प्राप्त गर्ने डब्लूएचओले प्रकाशित गरेको विवरणमा यो उल्लेख गरिएको छ ।

कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप पाउने भएको हो ।

नेपालले उक्त खोपलाई आपतकालीन प्रयोगमा ल्याएको एक सातापछि डब्लूएचओले यस्तो घोषणा गरेको हो । फेब्रुअरी महिनाको अन्त्यसम्म नेपालले खोप प्राप्त गर्ने डब्लूएचओको प्रक्षेपणमा उल्लेख छ ।

नेपालको औषधि व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

राष्ट्रसंघले उपलब्ध गराउने उक्त खोपको डोज नेपालको कूल जनसंख्याको ३.३ प्रतिशत अर्थात (१ करोड) लाई पुग्ने जनाइएको छ । नेपालले ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ ।


प्रकाशित मिति : २०७७ माघ २२, बिहीबार

धेरै पढिएको

ताजा समाचार