रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न नेकपाकाे प्रचण्ड–माधव समूहको माग


काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गरेको छ ।राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो ।प्रहरीले बिहीबार झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेपछि नेकपाकाे दाहाल–नेपाल समूहले विज्ञप्ति जारी गर्दै झाँक्रीलाई निसर्त रिहा गर्न माग गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफ्तारीबाट हाम्रो पार्टी आश्चर्यचकित भएको छ । नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरकुंश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’


प्रकाशित मिति : २०७७ माघ २९, बिहीबार

धेरै पढिएको

ताजा समाचार