काठमाडौं । काभ्रेमा छोराले कोदालोको बिँडले हानेर आफ्नै बुबाको हत्या गरेका छन् । पाँचखाल नगरपालिका वडा नं ७ होक्सेको जोरपिपलमा आफ्नै छोराले कोदालोको विडले हानेर बुबाका हत्या गरेका हुन् ।
बर्ष ३८ का राजु गौतमले कोदालोको बिँडले हान्दा आफ्नै बुबा बर्ष ५६ को बलराम गौतमको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले बताए । राजुले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका राजु गौतममाथि कर्तब्य ज्यान मुद्दाको कसुर लगाइएको डिएसपी थापाले बताए । यस अघि पनि राजुले बुवा बलरामलाई प्रेसर कुकरले हानेर घाइते बनाएका थिए ।