प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि पछि हत्या गरिएकी निर्मला पन्त र भागरथी भट्टको हत्यामा संलग्नहरु छिट्टै पक्राउ पर्ने बताएका छन् ।
नेकपा ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम गर्न अपराधीहरु सक्रिय भएको बताए । ‘निर्मला हत्याकाण्ड होस् वा भागरथी हत्या काण्ड होस्, यस्ता अपराधीहरुलाई पानी मुनी गए पनि छोडिने छैन’ उनले अघि भने, ‘विश्वको कुनै भागमा पुगेपनि छोडिने छैन । समाताएर ल्याएर कारबाही गरिनेछ ।’
उनले अघि भने, ‘२र४ दिन भाग्लान, एक वर्ष उम्किएलान् । एक वर्ष थर्कमानको जिन्दगी बिताएपनि सजाय घट्ने बाला छैन । पुराकापुरा सजाय गरेर छोड्ने छौं ।’ प्रधानमन्त्रीले भागरथी हत्यामा संलग्न अपराधी केही समयभित्रै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।
दुई बर्ष अघि निर्मला पन्तको हत्या भएको थियो भने गत माघ महिनामा भागरथी भट्टको हत्या भएको हो ।