प्रचण्ड–माधव समूहद्वार फागुन ५ देखि १५ गतेसम्म आन्दोलनको घोषणा,


काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-माधव समूहले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघर्ष समितिका अनुसार फागुन ५ देखि १२ गतेसम्म जिल्ला कमिटीहरुले सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्नेछन् । फागुन ६ गते एक घण्टा प्रगिममन, महंगी र भ्रष्टाचारको विरोधमा मानव साङ्गो बनाएर टुँडिखेल घेर्ने संघर्ष समितिले बताएको छ ।

 

७ गते सबै वडामा विरोध कार्यक्रम गर्नेछ भने १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने सहसंयोजक योगेश भट्टराईले जानकारी दिए । यस्तै फागुन ८ गते काठमाडौंमा बृहत अन्तर्क्रिरया र ९ गते प्रतिगमन, महिला हिंसाको विरोधमा देशभर महिलाहरुको बृहत प्रदर्शन हुने उनले बताए । पार्टीका नेता योगेश भट्टराईले दिएको जानकारीअनुसार फागुन १० गते काठमाडौंसहित सबै जिल्लामा दलित मोर्चाका तर्फबाट विरोध कार्यक्रम हुनेछ। फागुन ११ गते मधेशी, आदिवासी, जनजाति, महिला, मुश्लिम, थारू र पीछडिएको क्षेत्रका तर्फबाट साँस्कृतिक पहिचानसहित विरोध कार्यक्रम हुने उनले बताए। फागुन १२ गते चितवन र फागुन २१ गते दाङमा प्रदर्शन गर्ने उनले बताए। जनकपुर र नेपालगञ्जमा पनि कार्यक्रम गर्ने उनले जानकारी दिए। मिति भने तय भइसकेको छैन।

फागुन १४ गते काठमाडौंमा वृहत युवा र्‍याली गर्ने उनले बताए। तेस्रो चरणको आन्दोलन फागुन १५ गतेसम्म जारी रहने उनले जानकारी दिएका छन्।

 

 

 

 

 


प्रकाशित मिति : २०७७ फाल्गुन २, आईतवार

धेरै पढिएको

ताजा समाचार