काठमाडौंमा नायब सुब्बा र लेखापढी घुससहित पक्राउ,


काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालको टोलीले विभागका नायब सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाललाई ८ हजार घुससहित पक्राउ गरेको हो।
शेयर पुँजी बढाएको प्रमाण पत्रका लागि सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा चन्दसहित लेखापढी व्यवसायी रामबाबु दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार उनीहरू दुबै जनालाई विभाग परिसरबाट आइतबार नियन्त्रणमा लिएको हो।
घुस मागेको भन्ने सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ।

 


प्रकाशित मिति : २०७७ फाल्गुन ३, सोमबार

धेरै पढिएको

ताजा समाचार