भारतले इंग्ल्यान्डलाई दियो ४८२ रनको लक्ष्य,


भारतको चेन्नईमा जारी दोस्रो टेस्टमा इंग्ल्यान्डलाई ४८२ रनको लक्ष्य दिएको छ। इंग्ल्यान्डले तेस्रो दिनमै लक्ष्य पछ्याउँदै ब्याटिङ सुरु गरेको छ। दिनको खेल सकिदा उसले ३ विकेट गुमाउँदा ५३ रन जोडेको छ।

चेन्नईमा जारी टेस्टको दोस्रो इनिङ्ग्समा भारत २८६ रनमा अलआउट भएसँगै इंग्ल्यान्डले २८६ रनको लक्ष्य पाएको हो।

आश्विनले कप्तान विराट कोहलीसँग सातौं विकेटका लागि ९६ रनको साझेदारी गरे । कोहली ६२ रन बनाएर आउट । इंग्ल्याण्डका लागि मोइल अली र ज्याक लिचले समान ४ विकेट लिए

यसअघि पहिलो इनिङ्ग्समा भारतले १९५ रनको अग्रता लिएको थियो।

इंग्ल्यान्ड पहिलो इनिङ्ग्समा १३४ रनमै अलआउट भयो। भारतले पहिलो इनिङ्ग्समा ३२९ रन जोडेको थियो।

इंग्ल्यान्डका लागि बेन फोएक्सले सबैभन्दा बढी नटआउट ४२ रन जोड्दा ओली पोपले २२ रन र बेन स्टोक्सले १८ रन बनाए। डोम सिब्लीले १६ रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ पेभेलियन फर्के।

इंग्ल्यान्डको इनिङ ध्वस्त पार्ने क्रममा भारतका रविचन्द्रन आश्विनले ५ विकेट लिए। इशान्त शर्मा र अक्षर पटेलले २(२ विकेट लिए।

त्यसअघि भारतका लागि रोहित शर्माले शतक प्रहार गरे। उनले १६१ रनको योगदान दिए।

अजिन्का राहाणेले ६७ र रिशव पन्तले नटआउट ५८ रन जोडेका थिए।

इंग्ल्याण्ड विरुद्ध चेन्नाइमा भइरहेको दोस्रो टेष्टको दोस्रो इनिङ्समा आश्विनले शतक प्रहार गरेका हुन् ।

 

 


प्रकाशित मिति : २०७७ फाल्गुन ३, सोमबार

धेरै पढिएको

ताजा समाचार