नेपाली सेना सवार बस दुर्घटना सशस्त्र प्रहरी बल द्वारा तत्कालै उद्वार,


साङ्केतिक तस्बीर

 

बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलास्थित फागुन ३ गते नेपाली सेनाको बस दुर्घटना भएको छ। दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् ।
सोलुको नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार रहेकामा १० जना घाइते भएका हुन् । उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै सशस्त्र प्रहरी टोली उद्धार कार्यको लागि खटिएको थियो । गम्भिर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगंज राझातर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : २०७७ फाल्गुन ३, सोमबार

धेरै पढिएको

ताजा समाचार