भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्ट पक्राउ,


फाईल फोटो

काठमाडौं : बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ । भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेश भट्टलाई प्रहरीले बुधबार (आज) नै सार्वजनिक गर्ने तयारी गरेको छ। स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार ती छात्रलाई बुधबार बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।

१३ दिनअघि माघ २१ गते घरबाट विद्यालय हिँडेकी भागरथी, विद्यालयबाट नफर्किएपछि खोजी गर्दा माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेको थियो । भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेको थिएन ।

भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको टोलीले ती शंकितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरी बैतडीसमेत पुर्याएको थियो । यद्यपि, अहिले उनकै विद्यालयका एक छात्रले भागरथीको बलात्कार र हत्या गरेको स्वीकार गरेका छन् ।
एक सातालामो प्रहरी अनुसन्धानपछि प्रहरीले भट्टको हत्या आरोपमा दिनेशलाई सार्वजनिक गर्न लागेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले जानकारी दिए। ‘आरोपितले अपराध स्वीकार गरिसकेका छन, डीआईजी सुवेदीले भने, ‘आरोपितलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गछौँ।’ प्रहरीले उनीमाथि शंका गरेर पक्राउ नगरी केहि दिनदेखि निगरानीमा गरिरहेको थियो।

गृहमन्त्री रामबहादुर थापाले मंगलबार बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका थिए। भट्टसम्बन्धी घटना कञ्चनपुरकी निर्मला पन्तको जस्तो जटिल नरहेको जनाउँदै उनले विगतबाट पाठ सिकेर टुङ्गोमा पु¥याउने गरी छानबिन प्रक्रिया अघि बढेको बताएका थिए।

निर्मला पन्त प्रकरणमा असफल देखिएको प्रहरी भागरथी घटनाका दोषी जसरी पनि पत्ता लगाएर गुमेको विश्वास फर्काउने जोसमा थियो। ‘निर्मला घटनामा धेरै त्रुटि थिए, त्यो हाम्रा लागि सिकाइ पनि रह्यो, त्यही सिकाइबाट हामीले भागरथीको घटनामा अब्बल अनुसन्धान गरेका छौं। प्रदेशभरिका अनुसन्धानविज्ञ यस घटनामा खटिएका छन्, सीआईबीको प्राविधिक टोली पनि यतै छ। त्यसैले दोषी उम्किदैनौं’, डीआईजी सुवेदीले भने।

भागरथीका दुई दिदी र एक जना दाइ छन्। दिदीहरू तुलसी र पार्वतीको बिहे भइसकेको छ। स्थानीय भूमिराज माविमा १० कक्षासम्म पढेका केशव घरको आर्थिक अवस्था कमजोर भएकाले बहिनीलाई पढाउनका लागि मजदुरी गर्न भारतको राजधानी दिल्लीमा थिए।

 

 

 

 


प्रकाशित मिति : २०७७ फाल्गुन ५, बुधबार

धेरै पढिएको

ताजा समाचार