भागरथी भट्टका हत्या आरोपित दिनेश भट्ट सार्वजनिक,


फाईल फोटो

काठमाडौं : प्रहरीले बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टका हत्या आरोपित सार्वजनिक गरेको छ। एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाई बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई बलात्कारपछि हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाँटी थिचेर मारिदिए बयान प्रहरीसमक्ष दिएका छन्।

पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। १३ दिनअघि माघ २१ गते घरबाट विद्यालय हिँडेकी भागरथी, विद्यालयबाट नफर्किएपछि खोजी गर्दा माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेको थियो । भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेको थिएन ।

सनातन धर्म माविमाको कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुपमा मन पराएको र १३ दिनअघि स्कुलबाट एक्लै फर्किएको मौका छोपेर बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएका छन्।

भागरथीका दुई दिदी र एकजना दाइ छन्। दिदीहरू तुलसी र पार्वतीको बिहे भइसकेको छ। स्थानीय भूमिराज माविमा १० कक्षासम्म पढेका मृतकका दाइ केशव घरको आर्थिक अवस्था कमजोर भएकाले बहिनीलाई पढाउनका लागि मजदुरी गर्न भारत गएका थिए।


प्रकाशित मिति : २०७७ फाल्गुन ५, बुधबार

धेरै पढिएको

ताजा समाचार