
साङ्केतिक तस्बीर
मोरङमा एम्बुलेन्सको ठक्करबाट एक महिला पैदलयात्रीको मृत्यु भएको छ।
बुधबार दिउँसो सवा दुई बजे एम्बुलेन्सको ठक्करबाट ग्रामथान गाउँपालिका-२ की ४५ वर्षीया रम्वादेवी महत्तो गम्भीर घाइते भएकी थिइन्।
ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १-०२-००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्री रम्वादेवीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ। ट्रक चालक नबिन खवास र एम्बुलेन्स चालक घनश्याम कुँवरलाई नियन्त्रणमा लिइएको छ।
घाइते रम्वादेवीको उपचारका क्रममा बिहीबार बिहान पौने १० बजे विराट मेडिकल कलेज बुढिगंगामा मृत्यु भएको हो।