आईपीएलमा सन्दीप लामिछाने ’अनसोल्ड’


तस्बीर-गुगल

काठमाण्डौ । इण्डियन प्रिमियर लिग (आईपीएल) को अक्शनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने ’अनसोल्ड’ भएका छन् ।

चेन्नईमा भइरहेको अक्शनमा सन्दीप ’अनसोल्ड’ भएका हुन् । न्यूनतम अनुबन्ध रकम ४० लाख भारु रहेका सन्दीपलाई कुनै पनि क्लबले अनुबन्ध नगरेको हो । उनी २०१८ देखि तीन सिजन सन्दीप दिल्ली क्यापिटल्समा रहेन। सुरुवाती दुई सिजनमा मौका पाएका सन्दीपले सिजन २०२० मा मौका पाउन सकेका थिएनन्।

तीन वर्षका लागि दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई दिल्लीले यस वर्ष रिलिज गरेको थियो । सन्दीप अक्शनका लागि छनोट भएसँगै नेपाली समर्थक निकै खुसी भएका थिए ।

सन्दीपले दिल्लीबाट नौ खेल खेलेकोमा १३ विकेट लिएका थिए । सन्दीप दिल्लीमा तीन वर्ष अनुबन्ध भए पनि गएको संस्करणमा भए एक खेलमा पनि मौका पाएका थिएनन् ।
गत सिजन दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर हुँदा सन्दीपले मौका पाउन सकेका थिएनन्।
यो सिजनमा सन्दीपको न्यूनतम पारिश्रमिक ४० लाख भारु राखिएको थियो।
अक्सनको अन्तिम समयमा कुनै टिमले राख्न देखाएमा सन्दीप न्यूनतम पारिश्रमिकमा आबद्ध हुने सक्ने सम्भावना भने छ।


प्रकाशित मिति : २०७७ फाल्गुन ६, बिहीबार

धेरै पढिएको

ताजा समाचार