आज शुक्रबार कुन तरकारीको भाउ कति ? मूल्यविवरण हेर्नुस् ?


काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्य विवरण सार्वजनिक गरेको छ । आलु रातो र आलु रातो (भारतीय) को औसत मूल्य २७.५० रुपैयाँ, आलु सेतो १९ रुपैयाँ, काउली स्थानिय २२.५० रुपैयाँ, गोलभेडा ठूलो (नेपाली) ४७.५० रुपैयाँ, गोलभेडा सानो १२.५० रुपैयाँ,  गोलभेडा सानो (टनेल) १५ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, गोलभेडा सानो र गोलभेडा सानो (भारतीय) १७.५० रुपैयाँ, ताजा माछा (छडी) २०५ रुपैयाँ ताजा माछा (बचुवा) २३५ रुपैयाँ, ताजा माछा (मुंगरी) २४५ रुपैयाँ, ताजा माछा (रहु) २६५ रुपैयाँ, तामा  ७५ रुपैयाँ, तितो करेला ११५ रुपैयाँ, तोफु ७५ रुपैयाँ र तोरीको साग २५ रुपैयाँ तोकिएको छ ।

 


प्रकाशित मिति : २०७७ फाल्गुन ७, शुक्रबार

धेरै पढिएको

ताजा समाचार