प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ। पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न बोलाइएको स्थायी समिति बैठकपछि केन्द्रीय कमिटि बैठक बस्दैछ।
यस्तै आजै संसदीय दलको पनि बैठक बस्न लागेको छ।
आज शुक्रबार पेरिस डाँडामा बसेको बैठकपछि अहिले केन्द्रीय सदस्यको नागरिकता संकलन सुरू भएको छ।
गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारूढ पार्टी नेकपा विभाजित भएको थियो । विभाजित प्रचण्ड–नेपाल समूह अहिले सडक आन्दोलनमा छ। आजको बैठकमा आन्दोलनको समीक्षासमेत हुने भएको छ।
यसैबीच, निर्वाचन आयोगले म्याद गुजारेर आधिकारिकता दाबी गरेकाले अहिले कारबाही गर्न नमिल्ने बताएपछि प्रचण्ड–नेपाल समूहले बहुमत सदस्यहरू नागरिकतासहित उपस्थित गराउने तयारीस्वरूप नानगरिकता संकलन थालेको हो।