विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा शिक्षक पक्राउ,


साङ्केतिक तस्बीर

आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा एक शिक्षक पक्राउ परेका छन । उनीलाई १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।

बेलौरी नगरपालिका—६, विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गाना सोही बिद्यालयमा ६ कक्षामा पढ्ने बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शिक्षकमाथि गत बुधबार बिहान ११ बजेतिर आरोपीले विद्यालयमै बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको बताए ।

पीडित बालिकाका परिवारले ढुङ्गानाविरुद्ध किटानी जाहेरी दिएपछि आरोपी शिक्षकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थापाले बताए ।

 


प्रकाशित मिति : २०७७ फाल्गुन ७, शुक्रबार

धेरै पढिएको

ताजा समाचार