२ नं. प्रदेशको प्रदेश प्रमुखमा राजेश झा नियुक्त,


 

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेकी छन् । प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरे लगत्तै राष्ट्रपति भण्डारीले झालाई नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

परियार २०७६ कार्त्तितक १८ गते प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।


प्रकाशित मिति : २०७७ फाल्गुन ७, शुक्रबार

धेरै पढिएको

ताजा समाचार