चितवनमा पूर्वविद्यार्थीले घर बनाउन नसकेका आफ्ना पूर्वशिक्षकलाई घर गुरूदक्षिणा,


 

तस्बीर-फेसबुकबाट

चितवनका पूर्वविद्यार्थीले आफ्नो घर बनाउन नसकेका आफ्ना पूर्वशिक्षकलाई घर गुरूदक्षिणा दिएका छन । सिरहाको धनगढीमाई नगरपालिका नैनपुर बस्ने चितवन खैरहनीको कंकाली माविका सेवानिवृत्त शिक्षक पशुपतिलाल कर्णलाई उनले पढाएका केही पूर्वविद्यार्थीहरुले रू २३ लाख लागतको नयाँ घर बनाएर सरस्वती पुजाका दिन गुरुदक्षिणा दिएका छन्।

तस्बीर-फेसबुकबाट

आफ्नो जिवन अबधिभर शिक्षक पेशामा रहेर काम गरेका कर्णले आफ्नो सम्पूर्ण कमाई पत्नीको क्यान्सर उपचारमा खर्च गर्नुपरेकोले घर बनाउन सकिरहेका थिएनन्। रिटायर भईसक्ता पनि एउटा घर बनाउन नसकेका पूर्वशिक्षक कर्णलाई अब आफ्नै पूर्व विद्यार्थीहरूले घर बनाईदिएकाले चितवनमा बस्ने घर पाउने भएँ भनेर शिक्षक खुसी भएका छन्। गुरुको सम्मान गर्ने विद्यार्थी नै संस्कारित हुने गर्छ। विद्यार्थीहरूको यस्तो पुण्य काम सदा स्तुत्य छ।

आफ्ना पविद्यार्थीसंग उनले मेरो मृत्युपश्चात देवघाटमा मलाई दाहसंस्कार गरिदिनुहोला भनेका छन्।

 

 


प्रकाशित मिति : २०७७ फाल्गुन ८, शनिबार

धेरै पढिएको

ताजा समाचार