सवारी दुर्घटनामा घाइते ग्लोबल आइएमइ बैंकका शाखा प्रमुखको उपचारका क्रममा मृत्यु,


साङ्केतिक तस्बीर

पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ। शुक्रबार मे ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए।

घाइते आचार्यको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भई उपचार भइरहेको छ। दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन्।


प्रकाशित मिति : २०७७ फाल्गुन ८, शनिबार

धेरै पढिएको

ताजा समाचार