नाइजेरियाली विमान दुर्घटनामा सात जना अधिकारीको मृत्यु,


 

एजेन्सी । नाइजेरियाको राजधानी अबुजामा सैन्य विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक दलका सदस्यसहित सात सैनिक अधिकारीको मृत्यु भएको नायजेरियाली सेनाले पुष्टि गरेको छ ।

आइतबार बिहान सैन्य विमान दुर्घटना भएको थियो । सैन्य अधिकारीका अनुसार उक्त जहाज उत्तरी राज्य नाइजरको मिन्नातर्फ जाँदै थियो ।

दुर्घटनापछि हवाइ सेना प्रमुखले तत्काल घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । यद्यपि घटनाबारे सम्पूर्ण विवरण आएको छैन ।

 

 


प्रकाशित मिति : २०७७ फाल्गुन १०, सोमबार

धेरै पढिएको

ताजा समाचार