आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाउदै प्रधानमन्त्री ओली,


प्रधानमन्त्री केपी शर्मा ओलीले अाज आफू पक्षका नेकपाको स्थायी कमिटीको बैठक बोलाएका छन्।

उक्त समूहका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आज बिहान ११ बजे स्थायी कमिटी बैठक राखेका हुन्।

बैठक बालुवाटारमा बस्ने ज्ञवालीको भनाइ छ। ‘समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक राखिएको हो,’ ज्ञवालीले भने।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम बदर गरिदिएको थियो।


प्रकाशित मिति : २०७७ फाल्गुन १२, बुधबार

धेरै पढिएको

ताजा समाचार