अभिनेता पल साहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको छ। आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध उजुरी दिएका हुन्।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार प्रधानको निवेदन परेपछि पललाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको छ।
म्युजिक भिडिओ सुटिङका लागि धरान आएका पलको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोशीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ।
धरानमा गर्न लागिएको कार्यक्रममा आइदिन आग्रह गर्दा पलले सहयोगी कृष्णप्रसाद जोशीलाई लगाएर प्रधानमाथि कुटपिट गराएको दाबी पीडित पक्षले गरेको छ।