नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ


काठमाडौँ, १५ फागुन, २०७७ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । गए राती स्वास्थ्यमा समस्या आई अप्ठ्यारो महसुस भएपछि उनलाई राती नै पहिले वीर अस्पताल र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे नर्भिक अस्पताल पु¥याइएको र टाउकामा रगत जमेकाले बिहान करिब ४ बजेतिर शल्यक्रिया गरिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

अस्पतालका न्यूरो सर्जन डा। राजीव झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र जमेको पानी निकाल्ने काम भइरहेको अस्पतालले जनाएको छ ।

स्रोतः आजको खबर

 


प्रकाशित मिति : २०७७ फाल्गुन १५, शनिबार

धेरै पढिएको

ताजा समाचार