व्यस्त जीवनसँगै गल्फ खेललाई निरन्तरता दिने एक व्यक्त्तित्व थिए स्वर्गीय आङछिरिङ शेर्पा


नेपालको व्यवसायमा कहलिएको नाम र नेपाली अर्थतन्त्रमा ठुलो हिस्सा ओगट्ने व्यवसाय समुहका एक पात्र थिए स्वर्गीय आङछिरिङ शेर्पा । उनले  व्यस्त जीवनसँगै गल्फ खेललाई निरन्तरता दिन छाडेनन् र ३० वर्ष सम्म गल्फक्लबसंग  नजिक रहे । तर शेर्पाको हेलिकप्टर दुर्घटनामा परी निधन हुन पुग्यो ।

निधन भएको २ वर्ष पुगे पनि उनलाई गल्फ खेलाडी र आम नेपालीले विर्सन सकेको छैनन । गत २०७५ साल फागुन १५ गते उनि सहित विभिन्न व्यक्तिको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो। उनको निधनको २ वर्ष पुगिसक्दा पनि नेपालको गल्फ मैदानमा उनका सहकर्मीहरुले उनलाई हरेक दिन सम्झने गर्दछन। उनको त्यो ३ दशकको निरन्तर गल्फ यात्राका साक्षी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका  उपकुलपति गोपाल चित्रकार आङछिरिङको अनुपस्थिति विनाको गल्फ मैदान आफूहरुले सुन्य महसुस गरिरहेको बताए। अहिले पनि गल्फ मैदानमा हरेकदिन जसो उनको बारेमा कुरा हुने गरेको उल्लेख गर्दै उनले आङछिरिङ गल्फमा रमाउने भएकाले उनले गल्फ खेलको मैदान खेलमय बनाउने गरेको स्मरण गरे।

साभारः नेपालन्युज डट कम

Photo credit : Kathmandu post.


प्रकाशित मिति : २०७७ फाल्गुन १८, मंगलवार

धेरै पढिएको

ताजा समाचार