कोरोना महामारीका कारणले एक वर्षदेखि रोकिएको पशुपतिनाथको विशेष पूजा फागुन २५ गतेबाट


फागुन १९, काठमाडौं ।
कोरोना महामारीका कारणले एक वर्षदेखि रोकिएको पशुपतिनाथको विशेष पूजा फागुन २५गतेदेखि सुरु हुने भएको छ । सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाले जानकारी दिए ।
हाललाई एक हजार १ सयदेखि २७ हजार रुपैयाँसम्मका विशेष पूजा मात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ ।
महाशिवरात्रीको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै कोषले विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते महाशिवरात्रीका दिन पाँच हजार १ सय र ११ हजार रुपैयाँका गरी दुई किसिमका विशेष पूजा मात्र गर्ने गरी तयारी गरिएको उनले बताए ।

महाशिवरात्रीका दिन पाँच हजार १ सयको रसिद काटी विशेष पूजा गर्नेबाट दुई र ११ हजार रुपैयाँको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजनालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने गरेको छ । विशेष पूजाबाट कोषलाई वार्षिक नौदेखि १० करोड रुपैयाँसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५र७६ मा विशेष पूजाबाट नौ करोड ४० लाख ९३ हजार रुपैयाँ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोना महामारीका कारण विशेष पूजा रोकिएको थियो ।


प्रकाशित मिति : २०७७ फाल्गुन १९, बुधबार

धेरै पढिएको

ताजा समाचार