स्वीडेनको भेटल्यान्डा भन्ने शहरमा एक व्यक्तिले जथाभावी बन्चरो प्रहार गर्दा कम्तीमा ८ व्यक्ति घाइते बनाएका छन्।
उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा उक्त घटनामा आठ व्यक्ति घाइते भएको जानकारी दियो तर विस्तृत विवरण भने दिइएको छैन।
बुधबार अपराह्न भएको उक्त आक्रमणपछि प्रहरीले ती बीस वर्षको आसपासका ती शंकास्पद व्यक्तिलाई गोली हानी नियन्त्रणमा लिएको थियो।
एएफपीसँग कुरा गर्दै प्रहरीले घटनामा ती व्यक्तिले तिखो हतियार प्रयोग गरेको जनाएको छ।
स्थानीय जोन्कोपिङ अस्पतालले घाइतेमध्ये तीन जना सख्त घाइते अवस्थामा रहेका तथा अन्य दुई जनाको चोट गम्भीर प्रकृतिको रहेको जनाएको छ।
क्षेत्रीय प्रहरी प्रमुख मलेना ग्रानले पत्रकारहरुसँग कुरा गर्दै उक्त आक्रमणको घटनालाई आतंकवादी आक्रमणका रुपमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।
स्वेडीस प्रधानमन्त्री स्टेफान लफभेनले उक्त आक्रमणको घटनाको निन्दा गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।