नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ करिब २ वर्षपछि शुक्रबार सार्वजनिक भए । शुक्रबार बिहान नवलपुरबाट सडकमाध्यम प्रयोग गर्दै काठमाडौँ आएका विप्लब दिउँसो २ बजे राष्ट्रिय सभागृहमा भएको कार्यक्रममार्फत औपचारिक रुपमा सर्वाजनिक भए । २०७५ फागुन २८ मा वर्तमान केपी ओली नेतृत्वको सरकारले विप्लबको पार्टीलाई प्रतिबन्ध लगाएको थियो ।
बुधबार र बिहीबार सरकारसँग भएको वार्ता निष्कर्षमा पुगेको भन्दै विप्लब सहमतिमा हस्ताक्षर गर्न शुक्रबार काठमाडौँ आएका थिए । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट संयोजक प्रकाण्ड र सदस्यमा दीपक रहेको वार्ता टोलीले सरकारसँग तीनबुँदे सहमति गरेको थियो । सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल संयोजक र डा. राजन भट्टराई सदस्य रहेको वार्ता कमिटी बनेको थियो ।
औपचारिक समारोहमा निक्कै असहज मानेका विप्लब सरकारसँग सहमतिमा पुग्न भने सहज देखिएका थिए । आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न र आफ्नो पार्टी र नेतामाथि लगाइएको प्रतिबन्ध हटाउन तथा कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्दा खारेज गर्न विप्लब सहमत भएका थिए । विप्लबले सो कार्यक्रमलाई औपचारिक संवोधनसमेत गरेका थिए ।
विप्लब सो कार्यक्रम पश्चात राजनैतिक भेटघाटमा व्यस्त देखिएका छन् । उनले शुक्रबार नै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरे । त्यसलगत्तै उनले गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि भेट गरे । शनिबार उनले नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य किरणसँग पनि भेटवार्ता गरेका छन् यसैगरी रणनैतिक संयुक्त मोर्चाका अन्य नेताहरु ऋषिराम कट्टेल, आहुतिलगायतलाई पनि भेटेका छन् । उनीहरुसँग राजनैतिक छलफलसहित अगामी रणनीतिको बारेमा पनि छलफल भएको बताइएको छ ।
यसैगरी विप्लबले शनिबार नै नख्खु पुगेर कारागारमा रहेका आफ्ना नेता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सँग भेट गरेका छन् । सुदर्शन भोलि कारागार मुक्त हुँदैछन् । सरकारसँग भएको सहमतिपछि नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता छुट्ने क्रम सुरु भइसकेको छ ।
संसदीय व्यवस्थाको विरोध गर्दै आएका विप्लब यही व्यवस्थाको सरकारमा जाने हल्ला पनि चलिरहेको छ भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवादित बनेका केपी ओलीलाई उनले समर्थन गरेको बुझिएको छ । अर्कोतर्फ उनले जनताले स्वनिर्णयको अधिकार नपाएकोले कतिपय मुद्दामा जनमत संग्रह गर्नुपर्ने धारणा पनि अघि सारेका छन् । यद्यपि के–के मुद्दामा जनमत संग्रह गर्ने भन्ने कुरा भने खुलाएका छैनन् । जनमत संग्रह उनको रणनीतिक मुद्दा हो भने पनि उनी त्यसमा स्पष्ट नभएको देखिन्छ ।
शान्तिपूर्ण राजनैतिक क्रियाकलाप गर्ने भनेर सरकारसँग सहमति गरे पनि यसअघि उनी सशस्त्र द्वन्द्वमा नै थिए । उनीसँग भएका बम, बारुद, हातहतियारहरु कहाँ छन् रु ती त फिर्ता भएका छैनन् । त्यसैले आगामी दिनमा उनको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ रु प्रश्न अनुत्तरित नै छन् । पछिल्लो समय भेटघाट र छलफलमा व्यस्त देखिएका विप्लबको निष्कर्ष के हुने हो त्योे बुझ्न पनि अझै केही दिन कुर्नु पर्ला ।
तस्विरस् प्रकाश डुम्रेको वालबाट
साभारः आजको खबर