प्रतिनिधि सभाका सातौँ अधिवेशन आजबाट शुरुवात


काठमाडौं प्रतिनिधि सभाका सातौँ अधिवेशन आजबाट शुरुवात हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गर्नु भएको छ ।

सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगिरहेको बेला बस्‍न लागेको प्रतिनिधि सभाको बैठक निकै चासोको साथ हेरिएको छ ।

गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । सर्वोच्च अदालतले उक्त निर्णय बदर गर्दै बैठक आह्वान गर्न आदेश गरेको थियो ।


प्रकाशित मिति : २०७७ फाल्गुन २३, आईतवार

धेरै पढिएको

ताजा समाचार