डिम्याट खाता खोल्नेको संख्या कुल ३० लाख ६१ हजार ६६८


सर्वसाधारणबीच सेयर बजारमा देखिएको आकर्षणसँगै अहिले डिम्याट खाता खोल्नेको संख्या ३० लाख ६१ हजार नाघेको छ । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । खासगरी निफ्राको साधारण सेयर पछि सर्वसाधारणबीच बजारमा सेयर भर्नेको चाप ह्वात्तै बढेको हो ।
सेयर कारोबारको सम्पूर्ण लेखाजोखा राख्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार शनिबारसम्म डिम्याट खाता खोल्नेको संख्या कुल ३० लाख ६१ हजार ६६८ पुगेको छ । सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता अनिवार्य हुन्छ । राजधानी दैनिकमा यो खबर छ ।


प्रकाशित मिति : २०७७ फाल्गुन २३, आईतवार

धेरै पढिएको

ताजा समाचार