आज कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुग्ने


काठमाडौं आज कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुग्ने भएको छ ।

कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज खोपमध्ये आज ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आउने भएको हो ।

कोभ्याक्सले नेपालको खोप लगाउने जनसङ्ख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी चरणबद्ध रुपमा एक करोड ३० लाख डोज खोप निशुल्क उपलब्ध गराउने छ ।

यसमध्ये पहिलो चरणमा आज ३ लाख ४८ हजार डोज खोप नेपाल आउन लागेको हो ।
साभारः आजको अर्थ


प्रकाशित मिति : २०७७ फाल्गुन २३, आईतवार

धेरै पढिएको

ताजा समाचार