प्रियंका चोपडाले शुरु गरिन् नयाँ व्यवसाय


काठमाडौं बलिउडकी चर्चित अभिनेत्री हुन् प्रियंका चोपडा । बलिउडदेखि हलिउडसम्म चर्चामा आइरहेकी प्रियंकाले हालै न्यूयोर्कमा एक व्यवसाय शुरु गरेकी छिन् ।

उनले न्यूयोर्कमा रेस्टुरेन्ट शुरुवात गरेकी छिन् । प्रियंका अमेरिकी गायक निक जोनससँग विवाह गरेपछि अमेरिकामा नै छिन् ।

आफुले न्यूयोर्कमा रेस्टुरेन्ट शुरु गरेको बारे प्रियंकाले सामाजिक सञ्जालमार्फत पनि जानकारी गराएकी छिन् । उनले शुरु गरेको नयाँ व्यवसायको नाम ‘सोना’ राखेकी छिन् ।

उनले यही महिनाको अन्तिमसम्ममा रेस्टुरेन्ट सञ्चालनमा ल्याउने बताएकी छिन् । उनले आफ्नो रेस्टुरेन्टमा भारतीय खानाको स्वाद पाइने पनि बताएकी छिन् ।
साभारः क्यानाडा नेपाल


प्रकाशित मिति : २०७७ फाल्गुन २३, आईतवार

धेरै पढिएको

ताजा समाचार