के आजको सर्वोच्चको फैसला कट्टेलको पक्षमा जाला ?


विगत दुई वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन एउटा मुद्धाको आज पटाक्षेप भएपछि राजनीतिक वृत्तमा यसको प्रभाव कस्तो पर्ला रु सन्दर्भ हो, नेपाल कम्युनिष्ट पार्टीको नामसम्बन्धी विवाद ।

२०७४ भदौमा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएर बनेको पार्टीको नाम रह्यो – नेपाल कम्युनिष्ट पार्टी । जुन नाम २०४८ साल अघि नै निर्वाचन आयोगमा दर्ता भएको थियो । पार्टी अध्यक्ष हुन् –ऋषिराम कट्टेल ।
दुई ठूला कम्युनिष्ट पार्टीले आफ्नो पार्टीको नाम नै कब्जा गरेको भन्दै कट्टेलले सर्वोच्च अदालतमा मुद्धा दिए । लामो छलफल र बहसपछि आज यसबारे निर्णय सुनाइने भएको छ । स्रोतका अनुसार, मुद्धा कट्टेलको पक्षमा फैसला हुनेवाला छ । कट्टेलको माग दावी अनुसार नेकपा उनले पाए भने के होला रु

पूर्व एमाले र माओवादीबीचको एकता दुई वर्ष पुगेपछि टिकेन । अहिले त्यही नेकपा पनि दुई चिरामा विभक्त छ । एउटाको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्काको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल रहेका छन् ।

अब कट्टेलको नेकपाले आधिकारिकता पायो भने नेकपा भित्रको पछिल्लो विवादले कसरी निकास पाउला त रु भन्ने प्रश्न तेर्सिएको छ । यसबारे विज्ञहरुले छलफल थालेका छन् ।
साभारः नेपालबहस


प्रकाशित मिति : २०७७ फाल्गुन २३, आईतवार

धेरै पढिएको

ताजा समाचार