काठमाडौँ – नेकपाको प्रचण्ड–माधव समूहले आधिकारिक नेकपा आफूहरु रहेको संसद सचिवालयलाई जानकारी गराएका छन्।
भर्खरै सकिएको संसदीय दलको बैठकले आधिकारिक नेकपा आफूहरु रहेको, प्रचण्डलाई दलको नेतामा निर्वाचित गरेको र प्रमुख सचेतकमा देव गुरुङ यथावत रहेको जानकारी संसद सचिवालयमा गराउने निर्णय गरेको थियो।
बैठकसकिएपछि यो जानकारी गराउन अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहित झलनाथ खनाल लगायत उपस्थित सबै सांसदहरु संसद सचिवालयमा पुगेका हुन्।
उनीहरुले संसद सचिवालयको महासचिव भरतराज दाहाललाई यसबारे जानकारी गराइरहेका छन्।
यसअघि अध्यक्षद्वय दाहाल र नेपालले सभामुख अग्नि सापकोटासँग पनि भेट गरेका थिए।
नेकपाको ओली समूहले दाहाललाई दलका नेताको हैसियत संसदमा दिइए प्रतिकार गर्ने चेतावनी दिइसकेको छ।
साभारः नेपाल समय