आज महाशिवरात्री पर्व, पशुपतिनाथ लगायत शिव मन्दिरमा भक्तजनको घुँइचो


फाल्गुण कृष्ण चतुर्दशीका दिन आज  पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व मनाइँदैछ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि नै रहेकाले यो समयपछि शिवको आराधना गर्दा उत्तम हुनेछ ।
सामान्य आराधना र स्तुतिबाटै छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यो दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुन्छ भनिन्छ । आकार निराकार दुवै तवरबाट शिवको आराधना गर्नसकिने पूज्य देवताका रूपमा शिवलाई लिइन्छ । बडादशैँ अघिको कालरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र यो महाशिवरात्रिको धार्मिक शास्त्रमा उच्चताका साथ महìव दर्शाइएको छ । रुद्र स्वभाव हुँदा जाडोमा जगत् रुवाउँदै रुखका पतझर उजाड गरेका शिवले महाशिवरात्रिमा पालुवा लागेर जगत्को कल्याण गरेको हुँदा यो पर्व धूमधामका साथ मनाउन थालिएको हो भनिन्छ ।


प्रकाशित मिति : २०७७ फाल्गुन २७, बिहीबार

धेरै पढिएको

ताजा समाचार