काठमाडौं महानगरपालिका(८ पशुपतिस्थित हंशमण्डप जंगलमा हाल नाम थर, वतन नखुलेको अन्दाजी ५० वर्षीय पुरुष शुक्रवार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका(१ स्थित मालुङ्गबाट साङ्ला जाने बाटोको सडक मुनि रहेको बाँसको झ्याङमा मोरङ बेलबारी घर भएका २५ वर्षीय आशिस लिम्बु शनिवार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, ललितपुर महानगरपालिका(१५ खुमलटार राउत गाउँ बस्ने ४२ वर्षीय कृष्णहरि राउत आफ्नै घरमा शनिवार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, गोदावरी नगरपालिका(५ गेटास्थित सडकको नालामा कन्चनपुर भिमदत्त नगरपालिका(५ बनगाउँ बस्ने ५२ वर्षीय मोहन चन्द शनिवार मृत अवस्थामा फेला परेका छन् ।
भोजपुर, पौवादुम्मा गाउँपालिका(१ श्यामशिला बस्ने ५० वर्षीय भविन्द्र वहादुर तामाङ सोही ठाउँस्थित उत्तिस बारीमा शुक्रवार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, राप्ती नगरपालिका(५ स्थित भण्डारा चोकको प्रतिक्षालयमा अन्दाजी ५१ वर्षीय पुरुष शुक्रवार मृत अबस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।