मेगा बैंक नेपालले तयारी पोशाक उत्पादकलाई आकर्षक कर्जा सुविधा दिने भएको छ।


मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच भएको सम्झौताअनुसार व्यवसायीहरुलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिइने छ।नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीहरुलाई उक्त सुविधा दिने गरी सम्झौता भएको हो।
मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीति बमोजिम आवश्यक अन्य कर्जा पनि उपलब्ध गराउने भएको छ।
यससँगै व्यवसायीहरुलाई आफ्नो व्यावसाय प्रबद्र्धन गर्न मद्दत मिल्ने मेगा बैंकले विश्वास लिएको छ। मेगा बैंकका २ सय ४ वटै शाखा कार्यालयमार्फत व्यवसायीहरुले यो कर्जा सुविधा लिन सक्छन्।


प्रकाशित मिति : २०७७ फाल्गुन २९, शनिबार

धेरै पढिएको

ताजा समाचार