मनोहरामा दुर्घटना


काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानीमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

बा ५ ख १८२ नम्बरको मिनि ट्रकको ठक्करबाट प्रदेश ३–०२–०१२ प ५८४२ नम्बरको मोटरसाइकलका चालक काठमाण्डौ घर भइ अहिले चाँगुनारायणमा बस्ने २७ वर्षका सुरज कुइंकेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हिजो बेलुका साढे पाँच बजे भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएका कुइंकेलको ६ बजे नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो । मिनिट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
साभारः उज्यालोअनलाईन


प्रकाशित मिति : २०७७ चैत्र ४, बुधबार

धेरै पढिएको

ताजा समाचार