अमेरिकाको एटलान्टा राज्यको विभिन्न तीन स्थानमा रहेका महानगरीय खनिज जलीय स्थल (स्पा) मा गोलाबारी हुँदा आठजनाको मृत्यु र एकजना घाइते भएका छन्।
एटलान्टा प्रहरीका अनुसार दुई घटना उत्तरपूर्वी एटलान्टा र चेरोकी काउन्टीको उत्तरपश्चिममा भएको हो। चेरोकी काउन्टीमा भएको घटनामा संलग्न भएको आरोपमा २१ वर्षीय रोबर्ट आरोन लंगलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई क्रिस्प काउन्टीमा राखिएको छ जुन एटलान्टा भन्दा १५० माइल टाढा दक्षिणमा छ।
चेरोकी काउन्टीका शेरिफका अनुसार सहायकहरुलाई जर्जियाको एकवर्थ नजिक रहेको योङ्ग एसियन मालिश केन्द्रमा गोलीवारी चलेको खबर गरिएको बताए। सहायक प्रहरी त्यहाँ पुग्दा ५ जना घाइते अस्वस्थामा पाइएका थिए। त्यही २ जनाको निधन भएको घोषणा गरिएको थियो भने अस्पतालमा दुईजनाको मृत्यु भएको थियो।