नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको बन्द सत्र शुरु


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले काठमाडौंमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यदिशा बनाउने भएको छ ।

बृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकताबद्ध गर्दै स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो ।

भेलाको पहिलो दिन उद्घाटन सत्र सकिएपछि वरिष्ठ नेता माधवकुमार नेपालले ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने प्रस्ताव पेश गरेका छन् ।

प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली एमाले विभाजन गर्न अगाडि बढेकाले पार्टीको एकता बचाउन राष्ट्रिय कार्यकर्ता भेला गर्नु परेको उल्लेख छ ।
साभारः आस्थान्युज


प्रकाशित मिति : २०७७ चैत्र ४, बुधबार

धेरै पढिएको

ताजा समाचार