वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् ।
चैत्र ४ गतेबाट शुरु भएको राष्ट्रिय भेलाको समापन कार्यक्रममा बोल्दै नेता नेपालले भने निकाल्न खोजेछन् भने अन्तिम घडीसम्म लड्नेछौं ।
नेता नेपालले पार्टी नेतृत्वले कारबाही गर्ने चेतावनी दिइरहेका बेला स्थानीय तहका जनप्रतिनिधिहरुको पद खोस्न सम्भव नभएको बताएका छन् । व्यक्ति स्वयंले पार्टी त्याग गरेमा वा अर्को पार्टीमा प्रवेश गरेमा मात्र पद जाने भन्दै उनले अघि भने, ‘हटाउने हो भने हामीलाई हटाउने हो । हटाउनुस्, हामी तयार छौं ।’