आजको मौसम


काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

हाल देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

शुक्रवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।


प्रकाशित मिति : २०७७ चैत्र ६, शुक्रबार

धेरै पढिएको

ताजा समाचार