कोरोना भाईरसको तेस्रो लहर शुरु सँगै फ्रान्समा फेरि लकडाउन


कोरोना भाइरसको तेस्रो लहर शुरू भएपछि फ्रान्सको राजधानी पेरिससहित विभिन्न १५ शहरमा फेरि लकडाउन घोषणा गरिएको छ ।

शुक्रबार मध्यरातबाट घोषणा गरिएको लकडाउन एक महिनासम्म जारी रहने फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले जनाएका छन् ।

यद्यपि यो लकडाउनमा पहिलेको जस्तो कडा नहुने अधिकारीहरूले प्रष्ट पारेका छन् ।

नयाँ लकडाउनमा अत्यावश्यक बाहेकका सबै कामहरु बन्द रहने छन् । तर विद्यालय भने खुला हुने फ्रान्सका स्वास्थ्यमन्त्री ओलिविर वेरनले बताएका छन् ।

फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ३४ हजार ९९८ जनामा संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मिति : २०७७ चैत्र ६, शुक्रबार

धेरै पढिएको

ताजा समाचार