चितवनमा यही चैत ७ र ८ गते (शनिबार र आइतबार) दुई दिन १० घण्टा विद्युत आपूर्ती बन्द


चितवनमा यही चैत ७ र ८ गते (शनिबार र आइतबार) दुई दिन १० घण्टा विद्युत आपूर्ती बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले एक सूचना जारी गर्दै मर्मत संभारका लागि दुई दिन विद्युत कटौती हुन लागेको जानकारी दिएको हो ।

हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको १३२र३३र११ केभि भरतपुर सब स्टेशनमा ११ केभी इन्कमर तथा बसकल्पर बदलेर क्षमता वृद्धि गर्नुको साथै आवश्यक मर्मत संभार गर्न परेको हुनाले विद्युत कटौती गर्न लागिएको जनाइएको छ ।

विद्युत प्राधिकरण भरतपुरका अनुसार शनिबार विहान ८ बजेदेखि साँझ ६ बजेसम्म र आइतबार पनि विहान ८ बजेदेखि साँझ ६ बजेसम्म विद्युत कटौती हुनेछ ।

गर्मी बढेसँगै विद्युतको लोड पनि वृद्धि भई विद्युत आपूर्तिमा समस्या हुनसक्ने भएकाले क्षमता अभिवृद्धि तथा मर्मतको काम अनिवार्य गर्नुपर्ने भएको बताइएको छ ।

यसअघि गएको शनिबार पनि चितवनमा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द गरिएको थियो ।


प्रकाशित मिति : २०७७ चैत्र ६, शुक्रबार

धेरै पढिएको

ताजा समाचार