चितवनमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु


चितवनमा। जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका—१३ गंगानगरकी ५९ वर्षीया तुलमाया भुजेलको मृत्यु भएको  छ।

आज बिहान तुलमायाको घर भत्काउन थालेपछि हारगुहार गर्दै भाग्ने क्रममा छिमेकी गोरे तामाङको आँगनमा हात्तीले मारेको हो । चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्ती स्थानीय बेलसहर सामुदायिक बन हुँदै बस्ती प्रवेश गरेर घर भत्काउन थालेको थियो । जंगली हात्तीले चारजना स्थानीयको घर समेत भत्काएको छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको छ ।

 


प्रकाशित मिति : २०७७ चैत्र ८, आईतवार

धेरै पढिएको

ताजा समाचार