संयुक्त अधिराज्य (बेलायत) का चार राज्यमध्ये इङ्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा हुन गइरहेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको अधिकाधिक सहभागिता जनाउन बेलायतमा क्रियाशील नेपाली सङ्घसंस्था सक्रिय भएका छन् । बेलायतमा आइतबार जनगणना सुरु हुँदैछ ।
“जनगणना नियमित प्रक्रिया भए पनि यसले पहिचान स्थापित गर्न सहयोग पु¥याउँछ,” बेलायतको अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान क्षेत्रमा प्राध्यापनरत डा। कृष्ण अधिकारीले भन्नुभयो, “अहिले जनगणना राष्ट्रिय चाडका रूपमा आएको छ । यहाँ रहेका नेपालीलाई एकताबद्ध बनाउने माध्यम बनेको जनगणनाले नेपाली समुदायको सशक्तीकरणमा पनि टेवा पु¥याउँछ । ”
उहाँले समुदायको सङ्ख्या धेरै भएपछि राष्ट्रिय तथा स्थानीय तहबाट निर्माण हुने योजना नेपालीको मागअनुसार बनाइन्छन् भन्दै स्थानीय सरकारबाट प्रदान गरिने सेवासुविधा आफ्नै भाषामा प्राप्त हुने बताउनुभयो ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूके, इङ्ल्यान्ड राज्य समन्वय परिषद्का अध्यक्ष दीपक श्रेष्ठले जातिय पहिचानको महलमा नेपाली लेख्ने सहमति भएको जानकारी दिँदै जनगणनामा कोही पनि नछुटुन् भनेर हेल्पलाइन पनि सञ्चालन गरिएको बताउनुभयो । कोरोनाका कारण घरदैलो नगरिए पनि घरमै बसेर अनलाइनमार्फत फाराम भर्न सजिलो हुने भएकाले यसपटक नेपालीको सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।
पछिल्लो जनगणनामा इङ्ल्यान्ड र वेल्समा ६० हजार २०२ र स्कटल्यान्डमा एक हजार २६८ जना नेपालीले नाम लेखाएको सरकारी तथ्याङ्क छ । यो सङ्ख्या अहिले दोब्बर बढ्नसक्ने अनुमान गरिएको छ ।
लन्डन बोरो अफ वारनेटका उपमेयर लक्ष्यबहादुर गुरुङले फाराम भर्दा जातीय पहिचान र भाषाको महलमा नेपाली लेखेर पहिचान स्थापित गर्न आग्रह गरिएको बताउनुभयो । इङ्ल्यान्ड र वेल्समा १८ वटा, स्कटल्यान्डमा १९ वटा र उत्तरी आयरल्यान्डमा ११ वटा जातिका लागि अलग्गै जातीय महलको व्यवस्था गरिएको छ ।
बेलायतमा जनगणना शुरु

प्रकाशित मिति : २०७७ चैत्र ९, सोमबार
सम्बन्धित खवर
© 2023: News Routine मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal